ए डिभिजन लिग फुटबलमा थ्री स्टारको विजयी सुरुवात

शनिबार, ४ मंसिर, २०७८
डिजिटल संस्करण

थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार च्यासल युथ क्लबलाई ३-० गोलले पराजित गर्दै थ्री स्टारले विजयी सुरुवात गरेको हो । 


थ्री स्टारको जितमा निशान खड्का, राफायल बिडियास रिम र अनन्त तामाङले एक-एक गोल गरे।

जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ। थ्री स्टार तालिकाको शीर्ष स्थानमा रहेको छ।

च्यासलले भने हारबाट सुरुवात गरेको छ।

सुझावित समाचार