१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ४ शनिबार १८:४६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ए डिभिजन लिग फुटबलमा थ्री स्टारको विजयी सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ४ शनिबार १८:४६:००

थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार च्यासल युथ क्लबलाई ३-० गोलले पराजित गर्दै थ्री स्टारले विजयी सुरुवात गरेको हो । 


थ्री स्टारको जितमा निशान खड्का, राफायल बिडियास रिम र अनन्त तामाङले एक-एक गोल गरे।

जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ। थ्री स्टार तालिकाको शीर्ष स्थानमा रहेको छ।

च्यासलले भने हारबाट सुरुवात गरेको छ।