मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक ३० मंगलबार
  • Tuesday, 15 July, 2025
काठमाडौंको भद्रकालीस्थित सडकमा टायर बालेर नाराबाजी गर्दै विप्लव नेतृत्वको नेकपाका बन्दकर्ता । तस्बिरहरु : संजित परियार
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ३० मंगलबार १४:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विप्लव नेतृत्वको नेकपाको बन्दको सामान्य प्रभाव, देशभर १४० जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ३० मंगलबार १४:४६:oo

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले गरेको बन्दको सामान्य प्रभाव देखिएको छ। सरकारी कार्यालयहरू पूर्ण रूपमा सञ्चालन भए पनि विद्यालय र केही निजी कार्यायलहरू बन्द छन्। नेपाल प्रहरीका अनुसार तोड्फोडजन्य गलत क्रियाकलाप नभए पनि सार्वजनिक सवारीसाधन निकै कम गुडेका छन्।

बन्दकर्ताले मंगलबार बिहान ललितपुर र कपिलवस्तुमा गरी दुईवटा बस तोडफोड गरेका छन्। यसबाहेक अन्य घटना नभएको नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले बताए। उनले मंगलबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी सडकमा तैनाथ पारिएकाले क्षतिजन्य गतिविधिहरू नभएको बताए । उनले भने, ‘बन्दको सामान्य प्रभाव छ, तर त्यस्तो अप्रिय घटना भएको छैन। प्रहरीले बन्द गर्नेहरूमाथि निगरानी बढाइरहेको छ।’

कुँवरका अनुसार मंगलबार बिहानदेखि देशभर एक सय ४० बन्दकर्ता पक्राउ परेका छन्। त्यसमध्ये २२ जनालाई काठमाडौं उपत्यकाबाट पक्राउ गरिएको हो। पक्राउ परेकाहरू नेपाल प्रहरीको नियन्त्रणमा छन्।