मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक २२ सोमबार
  • Friday, 14 August, 2026
२o७८ कार्तिक २२ सोमबार १७:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अबको चुनाबमा कांग्रेस एक नम्बर पार्टी बन्छः गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २२ सोमबार १७:o८:oo

नेपाली कांग्रेसका युवा नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेस पहिलो दल बन्ने दाबी गरेका छन्। साेमबार सिन्धुलीकाे कमलामाईमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। अबको चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रनुपर्नेमा उनको जोड  थियो।

‘पार्टीको १४औँ महाधिवेशनको भोलिपल्टै हामी चारतारे झन्डा उचालेर स्थानीय तहको निर्वाचनमा जुट्नुपर्नेछ, कांग्रेसको स्वभाव नै एक्लै चुनाव लड्ने हो, कसैसँग मिलेर चुनाव लड्ने हाम्रो स्वभाव होइन,' उनले भने।

विगतमा गठबन्धनको केही प्रयास भए पनि सफल नभएको बताउँदै उनले भने, ‘हामीले पाएको मत भनेको ३१ लाख हो। पहिलो दल बन्नको लागि ४२ लाख मत चाहिन्छ। हाम्रा मतदातालाई कांग्रेस भनेको उहाँहरूको लागि एउटा विचार हो।’ 

थापाले फरक प्रसंगमा अदालतमा देखिएको समस्यालगाायतका विषयमा कांग्रेसको भूमिका स्पष्ट हुनुपर्ने पनि बताए। उनले भने, ‘कांग्रेस अदालतको विषयमा सही ठाउँमा उभिन सकेन र न्यायिक नेतृत्वमा आएको विचालनको विरुद्धमा कांग्रेस छ भन्ने बताएन भने ३० लाख मतदाताले कांग्रेस छोड्छन्।’