मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ कार्तिक २२ सोमबार १७:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २२ सोमबार १७:०१:००

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत मागेका छन्। सोमबार प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन्।

उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी र जनता समाजवादी पार्टीलाई विश्वासको मत दिन आग्रह गरे। त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताए।

मुख्यमन्त्री पाण्डेले भने, ‘आज विश्वासको मत मागिरहेको यस घडीमा अब म प्रदेशको फजुल खर्च घटाउन, प्रदेशलाई प्राप्त स्राेतको सही सदुपयोग गरी प्रदेशको आम्दानी बढाउन, प्रदेशका गौरवका कार्यक्रमलाई प्रवर्द्धन गर्न ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दछु।’