१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १२:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशविरुद्ध दोस्रो चरणको आन्दोलनकाे तयारी गर्दै नेपाल बार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:३९:oo

नेपाल बार एसोसिएसनले तिहार बिदाको समयमा पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनको तयारीलाई निरन्तरता दिएको छ। तिहारअघि कालोपट्टी बाँधेर पहिलो चरणको आन्दोलन गरेको बारले दोस्रो चरणको आन्दोलनलाई निरन्तरता दिएको हो। नेपाल बारले आइतबार सर्वोच्च अदालत बन्द रहे पनि आन्दोलनका कार्यक्रम भने निरन्तर रहेको जनाएको छ। नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार दोस्रो चरणको तयारीस्वरूप आइतबार र सोमबार देशभरका इकाइहरूसँग अन्तर्क्रिया जारी राखेको छ। 

‘अहिले हामी अबको कार्यक्रमको स्वरूप कस्तो हुने भन्नेबारे बारका इकाइहरूसँग जुममार्फत छलफल गरिरहेका छौँ,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘अहिले ६० बार इकाइका प्रतिनिधिहरू सहभागी हुनुभएको छ। आज र भोलि छलफल गरेर नयाँ दोस्रो चरणको आन्दोलन घोषणा गर्छौँ।’

बारले नयाँ कार्यक्रम घोषणा नभएसम्म यसअघिकै धर्नाको कार्यक्रम निरन्तर रहने जनाएको छ। बारले कात्तिक १२ मा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै पाँच दिनको अल्टिमेटमसहित सर्वोच्च परिसरमा धर्नाको दिन सुरु गरेको थियो। बारले दोस्रो चरणको आन्दोलन थप सशक्त हुने बताएको छ। 

बारका पदाधिकारीका अनुसार दोस्रो चरणमा प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउनेसम्मका कार्यक्रमबारे छलफल भइरहेको छ। यसको तयारीकाे स्वरूपबारे बारले देशभर रहेका ९० इकाइसँग अन्तर्क्रिया गरिरहेको छ। सर्वोच्च अदालतमा आजसम्म तिहार बिदाको तालिका रहेको छ। तर, बारले भने तिहार बिदामा पनि आन्दोलनलाई निरन्तरता दिइएको बताएको छ।
 

ad
ad