१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ९ मंगलबार
  • Sunday, 11 May, 2025
२o७८ कार्तिक ९ मंगलबार ११:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित तीन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ९ मंगलबार ११:१६:oo

महोत्तरी प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका– १ बस्ने ३२ वर्षीय पंकज साह, ३१ वर्षीय रञ्जित थापा र सिन्धुलीको कमलामाई नगरपालिका– ६ बस्ने २९ वर्षीय जीवन तामाङ रहेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

भारतको बिहार राज्यको कन्हमा सहरबाट लागुऔषध बोकी महोत्तरीको सम्सी सीमानाकाबाट नेपाल प्रवेश गरेका तीनैजना युवकलाई गएराति प्रहरीले जिल्लाको औरही नगरपालिका– ४ स्थित सडकखण्डमा जाँच गर्दा उनीहरू लागुऔषधसहित पक्राउ परेका हुन्।

उनीहरूका साथबाट प्रहरीले एक्सिप्लोन १०० एमएलको झोल पदार्थ ११ बोतल, स्पास्मो प्रोक्सिभन प्लस ट्याब्लेट १६ पिस, नाइट्राभेट ट्याब्लेट २१० थान, डाइजालेब ट्याब्लेट तीन थान र फेनारगन ट्याब्लेट तीन थान बरामद गरेको छ। लागुऔषधसहित पक्राउ परेका तीनै युवकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाइएको छ। रासस