मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ३ बुधबार २०:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गगन थापा बने विश्व बैंक र आइएमएफ संसदीय सञ्जालको बोर्ड सदस्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ३ बुधबार २०:०९:००

कांग्रेस नेता तथा सांसद गगन थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित भएका छन् । 

उनी दुई वर्षका लागि बोर्ड सदस्यमा निर्वाचित भएका हुन् । उनको कार्यकाल सन् २०२१ देखि २०२३ सम्म रहनेछ । थापाले आफू निर्वाचित भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

यस सञ्जालको बोर्डमा १ सय ४० भन्दा बढी देशका सांसद हुन्छन् ।  दुई वर्षसम्म समावेशी विकासका लागि काम गर्न आफू उत्साहित रहेको नेता थापाले प्रतिक्रिया दिएका छन्।