१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बसिला प्रहार गरी पत्नी हत्याका आरोपित पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:४५:oo

श्रीमतीलाई बसिला प्रहार गरी हत्या गरेको आरोपमा सल्यानमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्लाको कुमाख गाउँपालिका– ५ तिमिलेनिवासी ४२ वर्षीया कली खड्काको हत्या गरेको आरोपमा उनका पति ४७ वर्षीय कविराम खड्कालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको जनाएको छ ।

राति करिब सवा ११ बजे घरमा सुतिरहेकी पत्नीलाई बसिला प्रहार गरी हत्या गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका आरोपितले मदिरा सेवन गर्ने गरेको र पटकपटक पत्नीलाई कुटपिट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेपछि पैसा माग्ने र कुटपिट गर्ने भएका कारण त्यस्तो समयमा मृतक छिमेकीको घरमा आश्रय लिएर बस्ने गर्थिन् ।

घटना भएको दिन भने मदिरा सेवन नगरेको भन्दै घरमै सुतेको समयमा राति आरोपित घर पुगेपछि विवाद हुँदा पत्नीको हत्या गरेको बुझिएको छ । आरोपितलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको र मृतकको पोस्टमार्टम कात्तिक ३ गते सल्यान अस्पतालमा गर्ने तयारी भएको प्रहरीले जनाएको छ । 

ad
ad