Skip This
Skip This
निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १२ बुधबार
  • Wednesday, 28 September, 2022
२०७८ असोज ३० शनिबार १४:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्पको डसाइबाट एक युवकको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ असोज ३० शनिबार १४:४२:००

विषालु सर्पको डसाइबाट ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानी रहेका छन्।

उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी राकेश यादवले जानकारी दिए । दसैँको टीकाको दिन शुक्रबार राति ८ बजेतिर घतानीलाई सर्पले डसेको थियो ।

सुरुमा घरमै झारफुक र घरेलु औषधि गराएका उनलाई अवस्था जटिल हुँदै गएपछि आज बिहान उनका आफन्तले अस्पताल भर्ना गरेका थिए । अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस