१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २४ आइतबार १७:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्रीले भने– बाँकेका दुई महिलाको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही हुन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २४ आइतबार १७:३२:००

गृहमन्त्री बालकृष्ण खाणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका छन् । गृहमन्त्री खाणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नलाई तत्काल अनुसन्धान गरी कानुनबमोजिम कडा कारबाही गर्ने बताए । 

आइतबार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीले घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझाएका थिए । त्यसक्रममा गृहमन्त्री खाणले पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताए । 

उनले भने, ‘नेपाली जनताको जीवन रक्षा गर्ने राज्यको दायित्व हो । कुनै पनि नेपाली जनताले अनाहकमा जीवन गुमाउन नपरोस् त्यसमा हामी गम्भीर छौँ । र, जनताको जीवन रक्षाका लागि महिला दिदीबहिनीहरूको रक्षाका लागि सरकार गम्भीर छ । घटनाको बारेमा तत्काल अनुसन्धान पनि हुन्छ । अब कानुनमा भएको व्यवस्थाको रक्षा गर्ने, कानुनको रक्षा गर्ने दायित्व पनि सरकारको हो । कानुनबमोजिम नै कारबाही हुन्छ ।’

गृहमन्त्री खाणले सरकार महिलामाथि हुने हत्या, हिंसालगायतका अपराधिक घटना नियन्त्रण गर्न गम्भीर भएर लागिपरेको दाबीसमेत गरे । त्यसक्रममा महिला अधिकारकर्मीले पीडितको न्यायका लागि दोषीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । 

महिला सुरक्षा दबाब समूहकी सुशीला श्रेष्ठले दोषीमाथि कडा कारबाही गरी पीडितलाई न्याय दिन सरकारलाई दबाब दिनुपरेको बताइन् ।