१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०७८ असोज १७ आइतबार १०:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मैलुङ–स्याफ्रुबेंसी सडक मर्मत सुरु, एक साताभित्र सञ्चालनमा ल्याउने तयारी

Read Time : < 1 मिनेट
२०७८ असोज १७ आइतबार १०:५८:००

बर्खायामभर अवरुद्ध चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडक मर्मतको काम सुरु भएको छ। वर्षाका कारण साढे दुई महिनादेखि अवरुद्ध सडक मर्मतको काम सुरु गरिएको हो।

बर्खायाम सुरु भएसँगै पहिरो गई अवरुद्ध रहेको मैलुङ–स्याफ्रुबेंसी सडक सञ्चालनका लागि मर्मतको काम सुरु गरिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए।

सडक सञ्चालनका लागि ब्लाष्ट्रिङ गरी मर्मतको काम भइरहेको उनले बताए। सडक सुचारु गराउन एक्स्काभेटर, लोडर, टिपरलगायतका ६ वटा उपकरण प्रयोग गरिएको छ। अवरुद्ध सडक एक साताभित्रमा सञ्चालनमा आउने भण्डारीले बताए।

सडकमा आवतजावतका लागि जोखिम बढेसँगै गएको असार १ गतेदेखि योजनाले सार्वजनिक सूचनामार्फत बर्खायामभर सडक सञ्चालनमा नआउने जनाएको थियो। सडक अवरुद्ध भएसँगै बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेंसी हुँदै सवारीसाधनको आवतजावत भइरहेको छ। वर्षा कम भएसँगै अहिले सडक सञ्चालन गर्न लागिएको हो।