१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १९:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडक वर्षायामभर सञ्चालनमा नआउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:o९:oo

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रुबेँसी सडक वर्षायामभर सञ्चालनमा नआउने भएको छ । अविरल वर्षाका कारण मैलुङदेखि स्याफ्रुबेँसीसम्मको विभिन्न स्थानमा पहिरो गएको हुँदा मैलुङ–स्याफ्रुबेँसी सडक वर्षायामभर सञ्चालनमा नआउने भएको हो । 

अविरल वर्षाका कारण दैनिक रूपमा पहिरो तथा ढु्ंगा खस्ने भएका कारण मैलुङ–स्याफ्रुबेँसी वर्षायामभर सञ्चालनमा नआउने गल्छी–त्रिशूली मैलुङ स्याफ्रुबेँसी रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । ‘ठाउँ–ठाउँमा पहिरो झरेको छ, खोलामा बनाइएको कज्वे बगाएको छ, तुरुन्त मर्मत गर्न पनि सकिने अवस्था छैन, उनले भने, असार १ गतेदेखि भदौ मसान्तसम्म उक्त सडक खण्डमा सवारी सञ्चालन गर्न जोखिम भएकाले वेत्रावती कालिकास्थान, धुन्चे स्याफ्रुबेँसी सडकखण्ड प्रयोग गर्न सूचना निकाली आग्रह गरेका छौँ,  

उक्त सडकमा यात्रा गर्न जोखिम भएको र वैकल्पिक सडक पनि भएका कारण उक्त सडक तत्काल सञ्चालन नल्याइने भण्डारीले बताए । नाका जोड्ने छोटो दूरीको सडक अवरुद्ध भएपछि बेत्रावती, कालिकास्थान धुन्चे स्याफ्रुबेँसी सडकबाट सवारीको आवत–जावत भइरहेको छ । पहिरोका कारण अवरुद्ध उक्त सडक वर्षायाम सकिएपछि मात्र सुचारु हुने बताइएको छ । 

राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो । सो सडक खण्डको लम्बाइ १७ किलोमिटर रहेको छ । नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुनेछ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको वेत्रावती–मैलुङ–स्याफ्रुबेँसीको दूरी २९ किलोमिटर मात्रै छ । पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन । वेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँड्नका लागि कुनै पनि घुम्ती पार गर्नु पर्दैन ।

यस्तै, स्याफ्रुबाट धुन्चे, कालिकास्थान हुँदै वेत्रावती पुग्ने सडकभन्दा स्याफ्रुबाट मैलुङ हुँदै वेत्रावती निस्कन पेट्रोलियम पदार्थको खपत कम हुने र छिट्टै गन्तव्यमा पुगिने हुँदा कन्टेनरचालकहरू यो सडकतर्फ आकर्षित हुँदै गएका थिए ।  
 

ad
ad