१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार o८:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बझाङ उपनिर्वाचन : साइपालका मतपेटिका हेलिकोप्टरबाट ल्याइयो, सर्वदलीय बैठक बस्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o८:२५:oo

बझाङ प्रदेश सभा (१) मा भएको उपनिर्वाचनमा सडक सञ्जालसँग नजोडिएका साइपाल गाउँपालिकाका तीनवटा केन्द्रका मतपेटिका आज हेलिकोप्टरबाट सदरमुकाम चैनपुर ल्याइएको छ। शनिबार खराब मौसमका कारण ल्याउन नसकिएका मतपेटिका आइतबार बिहान ल्याइएको हो ।

साइपाल गाउँपालिका – ३ को काडा मावि मतदान केन्द्र, वडा नम्बर ४ को धुली मतदान केन्द्र र वडा नम्बर ५ को एराङकरी मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट चैनपुर ल्याइएको बझाङका प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए । 

निर्वाचन क्षेत्रभरिका ९४ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगिसकेपछि मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

शनिबार भएकाे उपनिर्वाचनमा यहाँ ४९.१२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए । उनका अनुसार जिल्लामा ६१ हजार सात सय ४८ मतदाता छन् ।

जिल्लाका ७४ वटा मतदानस्थल र ९३ केन्द्रमा हिजाे शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । यहाँ प्रदेश सभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

ad
ad