१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १o:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मैलुङ–स्याफ्रुबेँसी सडक  एक सातादेखि अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:o९:oo

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबँेसी सडक एक सातादेखि अवरुद्ध बनेको छ । गएको १५ गते भएको अविरल वर्षासँगै आएको बाढीले सडक बगाउँदा नाका जोड्ने छोटो दूरीको सडक अवरुद्ध बनेको हो ।  

मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको त्रिशूली खोलामा राखिएको ह्युमपाइपसहित बाढीले सडक बगाएसँगै सडक अवरुद्ध बनेको गल्छी–त्रिशूली मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । त्रिशूली खोलासँगै अन्य खोल्सामा पनि बर्सात भएसँगै सडक बगाउने हुँदा उक्त सडक बर्खायामभर सञ्चालनमा आउने स्थिति नरहेको उनको भनाइ छ । भण्डारीले भने, ‘मौसमविद्ले यो वर्ष पानी धेरै पर्ने भनेका छन् ।

एक ठाउँको बिग्रिएको सडक मर्मत त गरिन्छ, तर पानी लगातार पर्न थालेसँगै थप बिगिँ्रदै जान्छ, सडकखण्डको अन्य स्थानमा बाढी आई सडक बगाउने स्थिति छ ।’ वर्षायाममा उक्त सडक बनाएको केही दिनमा भत्कने भएकाले वर्षायामभरि यो क्षेत्रको सडक जोखिममा रहेको उनको भनाइ छ । सडक अवरुद्ध भएपछि सवारीहरूले अहिले बेत्रावती–कालिकास्थान–धुन्चे सडकखण्ड प्रयोग गरेका छन् । 

राष्ट्रिय प्राथमिकताप्राप्त मैलुङ–स्याफ्रुबँेसी सडकखण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो । सो सडकखण्डको लम्बाइ १७ किलोमिटर रहेको छ । नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुनेछ ।

बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेकोमा बेत्रावती–मैलुङ–स्याफ्रुबेँसीको दूरी २९ किलोमिटर मात्रै छ । पासाङ ल्हामु राजमार्गअन्तर्गत पर्ने बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँड्नका लागि कुनै पनि घुम्ती पार गर्नुपर्दैन । 

ad
ad