१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o७:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गरेकोमा कांग्रेसको आपत्ति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:१९:oo

कांग्रेसले संसद्को अधिवेशन अन्त्य गरेर लगानी सम्मेलनका लागि अध्यादेश जारी गरेकोमा आपत्ति जनाएको छ । गत अधिवेशनमा सहकारी पीडितलगायतका समस्या समाधानका लागि प्रयास नगरी अध्यादेश ल्याउनु लोकतन्त्रको मर्मविपरीत र गैरजिम्मेवार कार्य भन्दै कांग्रेसले विरोध जनाएको छ । 

‘नेपाल सरकारले देश र जनतासँग प्रत्यक्ष रूपले सम्बन्धित केही महत्वपूर्ण कानुनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी सम्माननीय राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको विषयतर्फ कांग्रेसको ध्यान गम्भीर रूपले आकृष्ट भएको छ,’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले संघीय संसद्को गत अधिवेशनभन्दा पनि महिनौअगाडिदेखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा अध्यादेश जारी गरेको छ । सरकारको यो कामले प्रचलित संविधानको अपव्याख्या हुनुका साथै संसदीय व्यवस्था र लोकतन्त्रको मर्मविपरीत छ ।’ अघिल्लो अधिवेशनमा कानुन निर्माण गर्ने पर्याप्त समय र अवसर हुँदाहुँदै संसद् अधिवेशन अन्त्य गरेको कांग्रेसको छ । 

ad
ad