१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार o७:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एपिएफ छैटौँपटक च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o७:५७:oo

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको फाइनलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो सेटमा हरायो ।

लगातार उपाधि जित्ने क्रममा एपिएफले पुलिसलाई २५–२२, २६–२४ र २५–१९ ले हराएको हो । पूजा थारू, निरुता ठगुन्ना, कविता भट्टलगायत खेलाडीले सानदार प्रदर्शन गरे पनि एपिएफले सहज जित निकालेको हो । सातौँपटक प्रतियोगिता आयोजना हुँदा एपिएफ छैटौँपटक च्याम्पियन बन्यो । विजेता एपिएफले चार लाख ९९ हजार तथा उपविजेता पुलिसले दुई लाख ५० हजार नगद पुरस्कार पाएका छन् । 

प्रतियोगितामा साबिक विजेता न्यु डायमन्डले तेस्रो स्थानमा चित्त बुझायो । तेस्रो स्थानका लागि भएको खेलमा न्यु डायमन्डले आर्मीलाई ३–१ को सेटमा हरायो । पहिलो सेट आर्मीले २६–२४ ले जितेको थियो ।

त्यसपछि रिमा कुँवरसँगै अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा कमब्याक गर्दै न्यु डायमन्डले २५–२०, २५–१५ र २५–२० ले जितेको हो । लिग चरणमा न्यु डायमन्डले आर्मीलाई हराएको थियो । न्यु डायमन्डले एक लाख २५ हजार तथा आर्मीले ६२ हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।प्रतियोगितामा एपिएफकी निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । 

ad
ad