Skip This
तराईमा चलिरहेकाे ताताे हावा आगामी साता पनि कायमै रहने, भैरहवाकाे तापक्रम उच्च  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २८ शुक्रबार २२:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तराईमा चलिरहेकाे ताताे हावा आगामी साता पनि कायमै रहने, भैरहवाकाे तापक्रम उच्च  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार २२:o५:oo

माैसम पूर्वानुमान महाशाखाले तराईमा चलिरहेकाे ताताे हावा र ताताे हावाकाे लहर अझै लम्बिने जनाएकाे छ।

महाशाखाले शनिबार ताताे हावाकाे लहरसम्बन्धी दाेस्राे विशेष बुलेटिन जारी गर्दै देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको उल्लेख गरेकाे छ। 

भैरहवा, नवलपुरकाे दुम्काैली, राैतहटकाे गाैर, सर्लाहीकाे कर्मैया, जनकपुर, नेपालगन्जसहितका क्षेत्रमा हरेक दिन अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघ्ने गरेकाे छ। 

शनिबार सबैभन्दा बढी भैरहवामा ४२.२ र त्यसपछि नेपालगन्जमा ४०.५,धनगढीमा ३९.८ डिग्री सेल्सियस तापक्रम मापन भएकाे छ। तापक्रम वृद्धिकाे याे दर कायमै रहेकाले तराईमा कम्तीमा २० वैशाखसम्म तातो हावा तथा तातो लहरकाे चेतावनी महाशाखाले दिएकाे हाे। 

तराई मात्र हाेइन उपत्यका क्षेत्रमा पनि तापक्रम उच्च छ। शनिबार काठमाडौंमा ३२.७, पाेखरामा ३१.३, घाेराहीमा ३७.३, वीरेन्द्रनगरमा ३९.१ र दिपायलमा ३७.५ डिग्री सेल्सियस मापन भएकाे छ।  

पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकोले जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहन महाशाखाले अनुरोध गरेकाे छ।

तापक्रम नेपालमा मात्र हाेइन छिमेकी मुलुक भारतमा पनि लु चलिरहेकाे छ। त्यहाँकाे माैसम विज्ञान विभागकाे वेबसाइटमा उल्लेख भएअनुसार शनिबार ओडिसा र राजस्थानका केही क्षेत्रमा अधिकतम तापक्रम ४३ देखि ४५ डिग्री सेल्सियस पुगेकाे छ।

त्यस्तै, आन्द्र प्रदेश, तेलुंगना, महाराष्ट्र, वेस्ट बंगाल, झारखण्ड, बिहारकाे पश्चिम क्षेत्र र उत्तरप्रदेशकाे पश्चिमी क्षेत्रकाे तापक्रम ४१ देखि ४३ डिग्री सेल्सियस पुगेकाे छ। जुन नेपालका तराईमा मापन भइरहेकाे तापक्रमभन्दा उच्च हाे।
 

ad
ad