१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

लगातार दोस्रो  दिन खेल स्थगित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:१६:oo

चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)मा सहभागी खेलाडी तथा दर्शक लगातार दोस्रो दिन निराश बनेका छन् । वर्षाका कारण टियू मैदानको आउट फिल्ड नराम्रो नभएकाले मंगलबार काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । लगातार दुई दिन समर्थक खेलाडीका प्रदर्शन नहेरी नै घर फर्किएका छन् । 

सोमबार मैदान भिजेकै कारण काठमाडौं र विराटनगर वारियर्सको खेल स्थगित भएको थियो । काठमाडौंका पाकिस्तानी पूर्वकप्तान ब्याटिङ नै नगरी इपिएलबाट बिदा भएका छन् । इपिएलको पाँचौँ दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन राइनोजबीचको थियो । यो खेल पनि स्थगित भयो । आयोजक इपिएलले यी दुवै खेलका नयाँ तालिका सार्वजनिक तयारीमा छ । 

इपिएलमा शनिबार र आइतबार मात्र खेल भएका छन् । इपिएलको तेस्रो खेलमा भैरहवा र पोखराले अंक बाँडेका थिए । अहिलेसम्म इपिएलमा दुईवटा खेलमा मात्र नतिजा आएको छ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले साविक विजेता ललितपुर प्याट्रियटर्सलाई सात विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा चितवनले विराटनगर वारियर्सलाई अन्तिम ओभरमा दुई विकेटले हराएको थियो । 

इपिएलको तेस्रो खेल वर्षाका कारण पूरा भएन । भारी वर्षाका कारण खेल स्थगित हुनुअघि पहिलो ब्याटिङ गरेको पोखराले १०.१ ओभरमा ६५–७ को खराब प्रदर्शन गरेको थियो । प्रतियोगिताको छैटौँ खेलका रूपमा पोखरा र काठमाडौंबीचको खेल निर्धारित समयअनुसार १२:१५ मा हुने भनियो । अम्पायरद्वय बुद्ध प्रधान र विनयकुमार झाले मंगलबार तीनपटक मैदानबारे बुझेका थिए । १२:३० मा खेल सम्भव नभएपछि दोस्रोपटक १३:३० मा पुन मैदानको परीक्षण भयो ।

त्यसपछि २:३० बजे अन्तिमपटक मैदानको अवस्था हेर्दै दुवै अम्पायरले खेल स्थगित भएको घोषणा गरे । खेल स्थगित हुनुका कारण भिजेको मैदान हो । भिजेको आउटफिल्ड र त्यसपछि हल्का वर्षा भएपछि खेल नै स्थगित भयो । इपिएलको छैटौँ खेल गराउने वा नगराउने पक्षमा अम्पायर र कप्तानबीच वार्ता भएको थियो । 

अहिलेसम्म डाटाअनुसार ब्याटिङमा काठमाडौंका रायन बुरलले व्यक्तिगत सर्वाधिक ७३ रन जोडेका छन् । रायन र विराटनगरका जिम्मेवाली खेलाडी सिकन्दर राजाले समान सात–सात छक्का प्रहार गरेका छन् । बलिङतर्फ काठमाडौंका जितेन्द्र मुखियाले सर्वाधिक चार विकेट लिएका छन् । 
 

ad
ad