१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार ११:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ : अर्थमन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:३७:oo

अर्थमन्त्री तथा  नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। 

मंगलबार पेरिसडाँडामा आयोजित पार्टीनिकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत  सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्छन्। ठूलो धनराशि खर्चिएर चुनाव जित्ने अवस्था तिनीहरूको छै,’ नेपाली विशेषताको समाजवादी मोडलको चर्चा गर्दै उनले भने, ‘समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुन सक्छ।’ 

अबको सन्दर्भमा संगठनको स्वरूप परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै शर्माले पार्टी र जनवर्गीय संगठनहरूका हरेक इकाइलाई उत्पादन इकाइको रूपमा बदल्नुपर्ने बताए। यनले भने, ‘उत्पादनसँग जोडिएको संगठन भएन भने समाजवादमा जान सकिँदैन, हरेक कार्यकर्ता तिनको परिवारलाई आर्थिक रूपले आत्मनिर्भर बनाउनुपर्छ। त्यसो गर्नको लागि संगठनको हरेक इकाइलाई उत्पादनसँग जोड्नुपर्छ।’ पार्टीको नीति निर्माण तहमा दलित समुदायको उचित प्रतिनिधित्वका लागि १५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको भए पनि त्यसलाई कार्यान्वयन गर्न सेल कमिटी र टोल कमिटीहरूबाटै दलित प्रतिनिधित्व सुनिश्चित गर्दै लैजान आग्रह गरे। 

राजनीतिक सत्ता परिवर्तन भए पनि पुरानो सामाजिक सांस्कृतिक सत्ता यथावतै रहेको चर्चा गर्दै उनले दलित समुदायमाथि भइरहेको सांस्कृतिक उत्पीडन र विभेद त्यसकै परिणाम भएको बताए। 

ad
ad