१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o६:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

झापाका किसानलाई मेगा बैंकको किसान कार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:o७:oo

मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानलाई मेगा किसान कार्ड वितरण गरेको छ । बैंकले हिमशिखर एग्रो एन्ड हर्ब रिसर्च सेन्टर प्रालिसँगको सहकार्यमा दमकमा मेगा किसान कार्ड वितरण गरेको हो । 

किसान कार्डमार्फत कृषकहरूले आफूलाई आवश्यक परेका कृषि सामग्रीहरू, बिउ, मल, कीटनाशक औषधिलगायतका सामानहरू नजिकको पसलबाट खरिद गर्न सक्ने जनाइएको छ । किसान क्रेडिट कार्ड मेगा बैंकले कृषकहरूलाई जारी गरेको पहिलो अत्याधुनिक सेवा रहेको जनाइएको छ । यसले गर्दा किसानलाई बैंकिङ कारोबार गर्न सहज र सरल भएको बैंकले उल्लेख गरेको छ ।

परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक रूपमा कृषिखेती गर्नका लागि कार्ड वितरण गरिएको बैंकले जनाएको छ । हिमशिखर एग्रोसँग सम्झौता गरी बैंकले हिमशिखरसँग आबद्ध ग्रामीण भेगका किसानलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्दै आएको जनाएको छ । यसका लागि साना तथा मझौला कर्जा एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिअनुसार लगानी गरेको जनाइएको छ । 

ad
ad