Skip This
सरकारले नेपालको नयाँ क्षेत्रफल सार्वजनिक गर्नुपर्छ : सीमाविद् श्रेष्ठ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ ४ शुक्रबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ४ शुक्रबार १६:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले नेपालको नयाँ क्षेत्रफल सार्वजनिक गर्नुपर्छ : सीमाविद् श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ४ शुक्रबार १६:१o:oo

सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन्। शुक्रबार आफ्नो पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’को सार्वजनिकीकरणमा बोल्दै सीमाविद् श्रेष्ठले नेपालको नयाँ क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका हुन्।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर चुच्चे नक्सा सार्वजनिक गरे पनि हालसम्म यी क्षेत्रसहितको भूभाग समेटेर क्षेत्रफल सार्वजनिक नगरेको भन्दै उनले नेपालको नयाँ क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन्। चुच्चे नक्सासहितको नेपालको क्षेत्रफल सार्वजनिक नहुँदा लोकसेवा आयोग तथा विद्यालय र विश्वविद्यालयका विद्यार्थीलाई अप्ठ्यारो परेको उनले बताए। उनले आफ्नो अध्ययनअनुसार नेपालको क्षेत्रफल एक लाख ४७ हजार एक सय ८१ वर्ग किलोमिटरमा थप आठ सय २६ वर्गकिलाेमिटर थपिएको अनुमान रहेको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए।

उनले भने, ‘अब नेपालको बढेको क्षेत्रफल कति हो त ? साबिकमा एकलाख ४७ हजार एक सय ८१ वर्गकिलाेमिटर थियो भने कति बढ्यो ? अहिलेसम्म सरकारले सार्वजनिक गरेको छैन। मैले आफैँले विभिन्न नक्सा अध्ययन गरेर हेर्दा साबिक क्षेत्रफलमा आठ सय २६ वर्गकिलाेमिटर भूभाग थपिएको छ । यसमा सरकारले बोल्नुपर्छ।’