मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २ बुधबार
  • Saturday, 08 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ भदौ २ बुधबार १o:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् छलेर अध्यादेश ल्याउने छुट कसैलाई छैन : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ २ बुधबार १o:५o:oo

कांग्रेस नेता गगन थापाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने छुट कसैलाई नभएको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा स्टाटस लेखेर थापाले  केपी ओली, शेरबहादुर देउवा जसले गरे पनि अध्यादेश जारी गर्नु गलत भएको बताएका छन् ।

उनले भनेका छन्, ‘संसद् अधिवेशन हठात् अन्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत  !  हिजो गलत, आज गलत, सधैँ गलत, जसले गरे पनि गलत ! हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन रहुँदैन । समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ। सँगैमा, गत वर्ष वैशाखमा यसरी नै संसद् छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन र हुँदैन । विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौँ भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’