१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १ मंगलबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १ मंगलबार o७:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १ मंगलबार o७:३१:oo

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।  

करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी ०६५ वैशाखमा नायब प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेको बैंकले जनाएको छ । हाल रेग्मी बैंकको कर्जातर्फ साना तथा मझौला/खुद्रा कर्जा, अपरेसन तथा सामान्य प्रशासन विभागको सुपरिवेक्षक रहेको जनाइएको छ ।

रेग्मीले बेलायतको युनिभर्सिटी अफ वेल्सबाट सन् २००१ मा एमबिए गरेका थिए । बैंकिङ क्षेत्रसँग सम्बन्धी दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरू लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिने बैंकको दाबी छ ।