हुन्डाईको अल न्यू आई २० बजारमा

शुक्रबार, २२ साउन, २०७८
डिजिटल संस्करण

नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अल न्यू हुन्डाई आई २० नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले नयाँ जेनेरेसन मोडल युरोपियन स्पेकबाट प्रेरित रहेर उत्पादन गरेको मोडल बजारमा ल्याएको हो ।  

यसमा रहेको कप्पा इन्जिनले अधिकतम ६ हजार आरपिएममा ८३ पिएस पावर प्रदान गर्ने जनाइएको छ । म्यानुअल गियरबक्स रहेको यो गाडीमा प्रोजेक्टर हेडल्याम्प, जेड आकारको एलइडी टेल ल्याम्प, फ्लाइब्याक रियर ग्लाससहितको क्रोम बेल्टलाइन, स्लिक लुकिङ ग्लास, सार्क फिन एन्टेना, १६ इन्चको अलोय ह्विलजस्ता विशेषता रहेको कम्पनीको दाबी छ ।

ब्ल्याक कलर इन्टेरियर, उत्कृष्ट सिट, फुल डिजिटल इन्ट्रमेन्ट क्लस्टर, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फङ्सनल स्टेरिङ ह्विल, आर्म रेस्टजस्ता फिचरले यो गाडीलाई विलासी र प्रिमियम गाडी बनाएको कम्पनीले जनाएको छ । 

यसमा ड्युल एयरब्याग, एबिएस, इबिडी, आपत्कालीन स्टप सिग्नल (इएसएस) र स्मार्ट पेडलजस्ता सुरक्षा फिचर रहेको जनाइएको छ । विभिन्न ६ रङमा उपलब्ध रहेको यो गाडी म्याग्ना र स्पोर्टस् अप्सनमा रहेको छ ।

म्याग्नाको ३६ लाख ९६ हजार रुपैयाँ र स्पोर्टस्को ४१ लाख ९६ हजार रुपैयाँ मूल्य तोकिएको छ । यो गाडी कम्पनीका देशभरका १४ वटै सोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार