१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार ११:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.बिच्छा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:o८:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.आरपी बिच्छालाई नियुक्त गरेका छन् । स्वास्थ्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका देउवाले मंगलबार कान्ति अस्पतालका निर्देशक बिच्छालाई विभागको महानिर्देशक नियुक्त गरेका हुन् ।

तीन महिनापछि अवकाश पाउन लागेका बिच्छालाई महानिर्देशकको जिम्मेवारी दिइएको हो । नियमअनुसार अवकाश हुन एक वर्ष बाँकी हुँदा सरुवा गर्न मिल्दैन । तर, प्रधानमन्त्री देउवाले दिपेन्द्ररमण सिंहलाई हटाएर बिच्छालाई ल्याएका हुन् । महानिर्देशक सिंहलाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ ।

उमेरहदका कारण बिच्छाले आगामी ६ कात्तिकमा अनिवार्य अवकाश पाउँदै छन् । छोटो समयका लागि स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्ति भएपछि स्वास्थ्य मन्त्रालयका अधिकारीहरू आश्चर्यमा परेका छन् । विभागको महानिर्देशक १२औँ तहको कर्मचारी हुने व्यवस्था छ । बिच्छा ११औँ तहका चिकित्सक भए पनि उनलाई निमित्त महानिर्देशकमा नियुक्ति गरिएको हो ।

१७ साउनमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ (१२ तह) महेन्द्रप्रसाद श्रेष्ठले उमेरहदका कारण अवकाश पाएका छन् । त्यस्तै, अर्का प्रमुख विशेषज्ञ डा.रोशन पोखरेललाई सचिव बनाएपछि दुईजना प्रमुख विशेषज्ञको ठाउँ खाली छ । १२औँ तहमा बढुवा गर्नुको साटो तीन महिना मात्रै सेवा अवधि बाँकी भएको व्यक्तिलाई विभागको महानिर्देशक बनाउनु अनुपयुक्त भएको कर्मचारीहरूको भनाइ छ । 

यसैगरी, कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) का प्रशासकीय अधिकारी डा.जागेश्वर गौतमलाई प्रसूति गृहमा सरुवा गरिएको छ । उनको ठाउँमा डा.भूपेन्द्र बस्नेतलाई नियुक्त गरिएको छ । 

ad
ad