१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
एजेन्सी लन्डन
२o८१ बैशाख २४ सोमबार o७:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

बेलायत आउने युरोप र अमेरिकाका यात्रुमाथिको प्रतिबन्ध हट्यो

Read Time : < 1 मिनेट
एजेन्सी लन्डन
नयाँ पत्रिका लन्डन
२o८१ बैशाख २४ सोमबार o७:५१:oo

बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध २ अगस्टपछि लागू नहुने सरकारका एक उच्च अधिकारीले बताएका छन् । 

उनका अनुसार यसरी आउने यात्रुहरूले कोरोनाविरुद्धको खोपको दुवै मात्रा भने लगाएको हुनुपर्नेछ । यो नियम आगामी सोमबार अर्थात् २ अगस्टबाट लागू हुनेछ ।

युरोपियन मुलुकहरूबाट आउनेहरूले दुवै डोज खोप लगाएको प्रमाणस्वरूप ‘इयू डिजिटल कोभिड प्रमाणपत्र’ र अमेरिकाबाट आउनेहरूले ‘सिडिसी’ कार्ड उपलब्ध गराउनुपर्नेछ । तर, यात्रा गर्नुअघि र बेलायत आएको दोस्रो दिनमा भने यात्रुहरूले अनिवार्य पिसिआर परीक्षण गर्नुपर्नेछ । 

अहिले बेलायत प्रवेश गर्दा फ्रान्सबाहेकका ‘पहेलो सूची’अन्तर्गतका मुलुकका यात्रुहरूले आइसोलेसन बस्नु नपर्ने नियम छ । नयाँ नियमसँगै लामो समयदेखि आफ्ना परिवारबाट टाढिएका व्यक्तिहरूसँग भेट्न पाउने सरकारले जनाएको छ ।

पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर बढे पनि यसको असर कम भएको सरकारको भनाइ छ । यहाँको जनजीवन सामान्य बनाउन सरकारले प्रतिबन्धहरू क्रमशः खुकुलो पार्दै जाने जनाएको छ ।

ad
ad