१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
१ असारको बाढीले डुबानमा परेको मेलम्ची बजार । फाइल तस्बिर
मुना कुँवर काठमाडौं
२o८१ बैशाख ३० आइतबार ११:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बाढीका कारण बिमा कम्पनीसँग २ अर्बको क्षतिपूर्ति माग

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:४१:oo

अविरल वर्षाका कारण आएको बाढीले निर्जीवन बिमा कम्पनीहरूमा करिब २ अर्ब रुपैयाँबराबरको क्षतिपूर्ति माग दाबी परेको छ । बिमा समितिको तथ्यांकअनुसार प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचनाबमोजिम कम्पनीहरूमा १ अर्ब ९२ करोड रुपैयाँबराबरको माग दाबी परेको हो । 

२३ असारसम्म कम्पनीहरूमा ३ सय ३१ वटा माग दाबी परेको तथ्यांक छ । असारको पहिलो साता आएको अविरल वर्षाले मेलम्ची डुबानका साथै लमजुङ, मनाङ, चितवन, हेलम्बुलगायतका क्षेत्रमा क्षति पुर्‍याएको थियो । बाढीले घर, गोदाम, पशुपक्षी, जलविद्युत्, सडक, पुललगायतका भौतिक पूर्वाधारमा बढी क्षति पुर्‍याएको भन्दै कम्पनीहरूमा दाबी परेको छ । 

हरेक वर्षजस्तै अहिले पनि बाढीपहिरोका कारण भएको क्षतिको दाबी परिरहेको नेपाल बिमक संघका महासचिव एवं सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षत्रीले बताए । यो वर्षको वर्षाले अझै बढी क्षति पुर्‍याएको उनको अनुमान छ । अहिले कम्पनीहरूमा पीडितहरूले सम्पर्क गरी प्रारम्भिक क्षतिको विवरण मात्रै बुझाएका छन् । तर, वास्तविक तथ्यांक आउन बाँकी रहेको उनले बताए । बर्सातको समय अझै दुई महिना बाँकी रहेकाले कम्पनीहरूमा अझ दाबी बढ्ने उनको अनुमान छ । 

त्यस्तै, रकमका आधारमा पनि नेको इन्स्योरेन्समा सबैभन्दा बढी ५८ करोड रुपैयाँबराबरको दाबी परेको छ । दोस्रोमा सगरमाथा इन्स्योरेन्समा २७ करोड ९५ लाख रुपैयाँ दाबी परेको छ । एनएलजी इन्स्योरेन्समा १६ करोड १५ लाख रुपैयाँ, अजोड इन्स्योरेन्समा २९ करोड रुपैयाँ, एभरेस्ट इन्स्योेरेन्समा ११ करोड ७७ लाख रुपैयाँबराबरको दाबी परेको छ । 

सम्पत्ति बिमाको दाबी अधिक 

बाढीका कारण निर्जीवन बिमा कम्पनीहरूमा सम्पत्ति बिमाको सबैभन्दा बढी दाबी परेको छ । समितिका अनुसार सम्पत्ति बिमाको सबै कम्पनीमा १ सय ४१ वटा बिमा दाबीबापत ६९ करोड ३६ लाख क्षतिपूर्तिको माग गरिएको छ । सम्पत्ति बिमाको नेपाल इन्स्योरेन्समा १६ वटा दाबी संख्याबराबर २ करोड २६ लाख रुपैयाँबराबरको दाबी परेको छ । ओरियन्टल इन्स्योरेन्समा ८ वटा दाबी संख्याबापत १ करोड ३३ लाख रुपैयाँबराबरको दाबी परेको छ । सगरमाथा इन्स्योरेन्समा १९ वटा दाबी संख्याबापत २२ करोड १३ लाख रुपैयाँबराबरको दाबी परेको छ भने नेको इन्स्योरेन्समा २० वटा दाबी संख्याबापत २२ करोड रुपैयाँको दाबी परेको छ । एनएलजी इन्स्योरेन्समा १० वटा दाबी संख्याबराबर १० करोड रुपैयाँको दाबी परेको छ । त्यस्तै, शिखर, सिद्धार्थमा नौ–नौवटा दाबी परेको छ । 

कम्पनीहरूमा मोटर बिमाको ३३ वटा दाबी परेका छन् । सो दाबी संख्याबापत ४ करोड ७५ लाख रुपैयाँबराबरको दाबी परेको छ । नेपाल इन्स्योरेन्स, प्रिमियर, एभरेस्ट, नेको, सगरमाथा, प्रभु, आइएमई, शिखर, लुम्बिनी, एनएलजी, सिद्धार्थ, जनरल र अजोड इन्स्योरेन्समा दाबी परेको छ । सामुद्रिक बिमामा भने पाँचवटा मात्रै दाबी परेको छ । पाँचवटा दाबीबापत १९ लाख ८१ हजार रुपैयाँबराबरको दाबी परेको छ । सामुद्रिक बिमाको आइएमई, प्रुडेन्सियल र सानिमा जनरल इन्स्योरेन्समा मात्रै दाबी परेको छ । 

नेको इन्स्योरेन्समा सबैभन्दा बढी दाबी
संख्याका आधारमा नेको इन्स्योरेन्समा सबैभन्दा धेरै ४१ वटा दाबी परेका छन् । नेपाल इन्स्योरेन्समा, सगरमाथा र अजोड इन्स्योरेन्समा २७–२७ वटा दाबी परेका छन् । एभरेस्ट इन्स्योरेन्समा २६, लुम्बिनीमा २३, एनएलजी र आइएमई इन्स्योरेन्समा १९–१९ वटा दाबी परेका छन् । शिखर, सिद्धार्थ र जनरल इन्स्योरेन्स कम्पनीमा १८–१८ वटा बिमा दाबी परेका छन् । प्रुडेन्सियलमा १७ वटा दाबी परेका छन् । राष्ट्रिय बिमा कम्पनीमा सबैभन्दा कम एउटा मात्रै दाबी परेको छ । सानिमा जनरल इन्स्योरेन्समा र प्रिमियर इन्स्योरेन्समा ३–३ वटा दाबी परेका छन् । नेसनल इन्स्योरेन्समा चारवटा, युनाइटेडमा ६ वटा, ओरियन्टलमा आठवटा बिमा दाबी परेका छन् ।

ad
ad