Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ श्रावण ६ बुधबार १५:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धन सरकारबाट जनतामा धेरै आशा छैन : कमल थापा

Read Time : < 1 मिनेट
२०७८ श्रावण ६ बुधबार १५:१२:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धनबाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताएका छन् । शान्ति, स्थिरता र समृद्धिको जनताको आशाविपरीत धर्मपरिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार व्याप्त भएको भन्दै थापाले जनतामा निराशा र आक्रोश व्याप्त रहेको बताए ।

बुधबार राप्रपा मकवानपुरद्वारा हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमूलक ढंगले लादिएकोसमेत दाबी गरे ।

कांग्रेस–कम्युनिस्टबीच वैचारिक, चरित्रगत, नीतिगत भिन्नता नरहेको चर्चा गर्दै थापाले कांग्रेस–कम्युनिस्टको विकल्प राप्रपा मात्र हुन सक्ने विचार व्यक्त गरे । आन्तरिक विग्रह र संघर्षबाट कम्युनिस्ट टुटफुट हुँदै कमजोर बनेको तथा कांग्रेस कम्युनिस्टकै वैचारिक लाइनमा हिँडेकोले मुलुकले वैकल्पिक शक्ति खोजिरहेको थापाको भनाइ थियो । नयाँ सरकारप्रति विश्वासको वातावरण नभएको उनको आरोप छ  ।