१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २४ सोमबार १o:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चाइनिज स्याउ तस्करी आरोपमा आठ प्रहरीलाई विभागीय कारबाही

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:४९:oo

लकडाउनको समयमा चाइनिज स्याउ तस्करी गरेको आरोपमा प्रदेश १ मा आठजना प्रहरी विभागीय कारबाहीमा परेका छन् । सुनसरीको सीमानाकाबाट लकडाउनको समयमा तस्करी भएर गएको तीन ट्रक स्याउ भारतीय प्रहरीले पक्राउ गरेपछि नेपाल प्रहरीका चार र सशस्त्र प्रहरीका चार गरी आठजना प्रहरी  विभागीय कारबाहीमा परेका हुन् ।  

२९ जेठ राति तस्करी गरेर भारत लगिएको स्याउ ३० जेठ बिहान ३ बजे भारत बिहार राज्यको सुपौल जिल्लाअन्तर्गतको वीरपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तीन ट्रक (एक हजार तीन सय ५० कार्टुन) स्याउ नियन्त्रणमा लिएपछि लकडाउनमा प्रहरीले नै तस्करी गराउने गरेको खुलेको थियो । त्यसपछि  नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै निकायले अलगअलग छानबिन समिति गठन गरेर छानबिन गरेका थिए । 

प्रदेश १ प्रहरी एसएसपी राजेन्द्र चौधरी र सशस्त्र प्रहरीले एसएसपी प्रकाश थापाको नेतृत्वमा अलगअलग छानबिन समितिको प्रतिवेदनअनुसार तस्करीमा संलग्न रहेको पुष्टि भएपछि सुनसरी श्रीपुरजब्दी प्रहरी चौकीका असइ  टेकबहादुर कार्की, हवल्दार वीरेन्द्रकुमार यादव, हरिपुर  चौकीका असइ भूपराज पोखरेल र प्रदेश १ प्रहरी कार्यालय विशेष अनुसन्धान समूहका सइ किरण मोक्तान विभागीय कारबाहीमा परेका छन् । छानबिनका क्रममा निलम्बन गरिएका भन्टाबारी प्रहरी चौकीका सइ र कोसीकटान प्रहरी चौकीका असइ आसनारायण माझीले भने सफाइ पाएका छन् ।

यता स्याउ तस्करी आरोपमा सशस्त्र प्रहरी बल प्रदेश १ मुख्यालय बराहबाहिनीले पनि एक इन्स्पेक्टरसहित चारजनालाई कारबाही गरेको छ । डिआइजी वंशीधर दाहालका अनुसार छानबिन समितिको प्रतिवेदनअनुसार सीमानाका लौकहीमा रहेको बिओपीका इन्स्पेक्टरसहित चारजनालाई विभागीय कारबाही गरिएको हो ।  

ad
ad