१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ असार ९ बुधबार ०९:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङको स्याल्कु खोलामा अस्थायी काठेपुल निर्माण 

Read Time : < 1 मिनेट
२०७८ असार ९ बुधबार ०९:५६:००

हिमाली जिल्ला मनाङमा नेपाली सेना र नेपाल प्रहरीले अस्थायी काठेपुल निर्माण गरेका छन् । सेना र  प्रहरीले स्याल्कु खोलामा नयाँबजार कोतोतर्फ आवतजावत गर्ने अस्थायी काठेपुल निर्माण गरेका हुन् ।

बाढीले पुल बगाएपछि आवतजावतमा समस्या भएकाले अस्थायी काठेपुलको निर्माण गरिएको हो । चामे गाउँपालिका– ४ स्थित स्याल्कु खोलामा मनाङमा रहेको रणदल गुल्मको सेनाको टोली, नेपाल प्रहरीसहित स्थानीयको सक्रियतामा काठेपुल निर्माण गरिएको हो ।