Skip This
युवा संघको आयोजनामा लघु फिल्म प्रतिस्पर्धा हुँदै, पहिलो हुनेलाई साढे दुई लाख पुरस्कार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

युवा संघको आयोजनामा लघु फिल्म प्रतिस्पर्धा हुँदै, पहिलो हुनेलाई साढे दुई लाख पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १७:५६:oo

राष्ट्रिय युवा संघ नेपालले एनवाइएफ सर्ट फिल्म प्रतिस्पर्धा गर्ने भएको छ । बृहत् सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । प्रतियोगितालाई एनवाइएफ सर्ट फिल्म कम्पिटिसन–२०७८ नाम दिइएको छ ।

लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरूको समय सदुपयोग तथा प्रोडक्टिभ इंगेजमेन्टसँगै युवाको प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित हुन लागेको प्रतियोगितामा जोकोही नेपालीले सहभागिता जनाउन सक्ने पौडेलले बताए । 

पौडेलले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘युवाहरूको नवीन सोच र सिर्जनशीलतालाई राष्ट्रनिर्माणका अभियानमा जोड्ने सन्दर्भसामग्री निर्माणको सोचसहित हुन लागेको यो प्रतियोगितामा इच्छुक फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा पाँच मिनेटसम्मको फिल्म बनाउनुपर्नेछ । प्रतियोगितामा सहभागी हुन चाहने फिल्मकर्मीले सर्वप्रथम ‘म केही गर्छु’ भन्ने विषयमा केन्द्रित रही स्क्रिप्ट बुझाउनुपर्नेछ र सहभागीले असार २५ सम्ममा स्क्रिप्ट office.nyfnepal@gmail.comमा पठाइसक्नु पर्नेछ ।’ 

प्राप्त स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाब दिइने संघले जनाएको छ । उत्कृष्ट फिल्मले दुई लाख ५० हजार, दोस्रो हुने फिल्मले एक लाख ५० हजार र तेस्रो हुने फिल्मले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

राष्ट्रिय युवा संघ नेपाल मुख्य आयोजक रहेको प्रतियोगिताको सहआयोजक नेपाल फिल्म एकेडेमी रहेको छ भने नेसनल युथ काउन्सिलले प्रवर्द्धन गर्ने भएको छ । प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पिनेस र प्रमोटर्स नेपालको सहयोग रहनेछ ।

ad
ad