१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार ११:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कोरोना रोकथाम र उपचारमा गम्भीर हुन प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:२५:oo

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएकाे हाे । १५बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेसले जनतालाई कोरोना संक्रमणबाट बच्न खोपको सुनिश्चितता गर्न तथा खोप आयातका लागि कूटनीतिक पहल तीव्र पार्न ध्यानाकर्षण गराएको छ । नेता प्रकाशशरण महतले खोप आपूर्ति गर्ने व्यवस्था बिचौलियारहित र पारदर्शी ढंगले गराउन पनि माग गरिएको जानकारी दिए । 

महतले भने, ‘नागरिकहरू आक्रान्त भएको अवस्था छ । सरकार यस विषयमा गम्भीर नभएको, आफ्नै क्रियाकलापले सुरुका दिनहरूमा यो संक्रमण फैलिएको र भ्याक्सिन खरिदमा समेत कमिसनतन्त्रको, बिचौलियको खेलले देशमा भित्रिन ढिलाइ भएको, यी सम्पूर्ण कुराहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गरायौँ ।’

कांग्रेसले पहिलो चरणमा स्वास्थ्य सामग्री आपूर्तिमा देखिएको अनियमितता र भ्रष्टाचार तथा र अहिले भ्याक्सिन आपूर्तिमा देखिएको कमिसनतन्त्रको छानबिन गर्न माग गरेको छ । अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डरको आपूर्तिलाई सहज, पर्याप्त र पारदर्शी बनाउन, मुलुकभरका अस्पतालहरूमा बेड, अक्सिजन, आइसियू र भेन्टिलेटरसहित आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको नेता महतले बताए । 

संक्रमणबाट बालबालिकालाई जोगाउन विशेष सचेतना अभियान चलाउँदै बालबालिकाका लागि छुट्टै आइसियू बेडलगायत आवश्यक उपचार पूर्वाधार तयार राख्न मागसमेत गरिएको छ । बढीभन्दा बढी पिसिआर परिक्षण गर्न र स्वाब संकलन गर्न घुम्ती टोलीको व्यवस्था गरी छिटो परीक्षणको नतिजा दिनुपर्ने, निजी अस्पतालहरूले चर्को शुल्क असुलेको भन्दै तिनको नियमन गर्नुपर्ने तथा निम्न आय भएकाहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, अक्सिजनलगायत आवश्यक औषधिहरूको आपूर्तिमा देखिएको कार्टेलिङ, कालोबजारीलाई तत्काल रोक्न पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी, ज्ञापनपत्रमा कोभिड– १९ बाट प्रभावित श्रमिक वर्ग, श्रमजीवी पत्रकार, साना तथा मध्यमस्तरका व्यवसायीको जीवननिर्वाहलाई लक्षित गरी आर्थिक प्याकेज ल्याउन, बन्द रहेका उद्योगको पुनरुत्थानका लागि पुनर्कर्जा र ब्याजमा सहुलियत दिने व्यवस्था मिलाउन भनिएको छ ।  त्यसैगरी हरेक प्रदेशमा सुविधासम्पन्न अस्पताल र हरेक जिल्लामा न्यूनतम सुविधायुक्त स्वास्थ्य पूर्वाधारको सुनिश्चित गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ ।

कांग्रेसले आइसोलेसन बसेका संक्रमितलाई स्वास्थ्य तथा मनोवैज्ञानिक परामर्श दिन प्रत्येक जिल्लामा स्वास्थ्य परामर्श सेवा हटलाइनको व्यवस्था गर्न, तत्काल प्राविधिक स्वास्थ्यसचिवको नियुक्ति गर्न, कोभिड नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको व्यवस्था मिलाउन र प्रदेश सरकारहरुको कोभिड– १९ संक्रमण रोकथाम र उपचार संयन्त्रलाई मजबुद बनाउन सकारको  ध्यानाकर्षण गराएको छ ।

 

 

 

 

 

ad
ad