१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अहिले स्वास्थ्य संकटकालको जरुरी छैन : देउवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:४४:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले स्वास्थ्य संकटकाल जरुरी नभएको बताएका छन् । सबैलाई अहिले नै भ्याक्सिन आवश्यकता भए पनि सरकार अक्सिजन र भ्याक्सिन खरिदमा धेरै कमिसन खानेमा केन्द्रित हुँदा समस्या आएको देउवाको भनाइ छ ।

उनले अहिले स्वास्थ्य संकटकाल लगाउन आवश्यक नरहेको र कांग्रेसले माग नगर्नेसमेत स्पष्ट गरे । ‘अहिले संकटकाल लगाएर केही हुनेवाला छैन, त्योभन्दा महत्वपूर्ण सबै नेपालीले भ्याक्सिन पाउनुपर्छ भन्ने हो,’ देउवाले भने, ‘जबसम्म सबैले भ्याक्सिन पाउँदैनन्, तबसम्म केही हुनेवाला छैन । त्यसैले भ्याक्सिन नै अहिलेको आवश्यकता हो ।’

कांग्रेसको कोभिड– १९ अनुगमन समितिले सोमबार गरेको बागमती प्रदेशमा कोभिडको अवस्था र पार्टीको भूमिका विषयक भर्चुअल संवादमा देउवाले भ्याक्सिन खरिदका लागि सरकारको ध्यानाकर्षण गराइरहे पनि मन्त्री कमिसनतिर लागेको आरोप लगाए ।

‘भ्याक्सिन खरिद गर भनेर हामीले आवाज उठाइरहेका छौँ । तर, सरकारले सुन्दैन, अरूले भनेको मान्दैन,’ उनले भने, ‘बरु सरकारका स्वास्थ्यमन्त्री नै यस्तो महामारीका वेलासमेत भ्याक्सिन र अक्सिजन खरिदमा कसरी धेरै कमिसन लिन सकिन्छ, कति पैसा कमाउन सकिन्छ भन्ने सोचिरहेका छन् । सरकारलाई कमिसनको लोभ छ, पैसा चाहिएको छ । यस्तो भएपछि के गर्ने ?’

ad
ad