१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ बैशाख २७ सोमबार १०:०१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पाख्रीवासमा औद्योगिक ग्राम निर्माण हुने

Read Time : < 1 मिनेट
२०७८ बैशाख २७ सोमबार १०:०१:००

धनकुटाको पाख्रीवास नगरपालिकामा ५४ करोड रुपैयाँ लागतमा औद्योगिक ग्राम निर्माण हुने भएको छ । औद्योगिक ग्राम निर्माणस्थलको प्रतिनिधिसभाका सदस्य राजेन्द्रकुमार राईले शिलान्यास गरेका छन् । 

पाख्रीवास नगरपालिका–७, राम्चेडाँडामा १ सय १७ रोपनी जग्गामा निर्माण गर्न लागिएको औद्योगिक ग्राम संघीय सांसद राजेन्द्रकुमार राईको पहलमा निर्माण हुन लागिएको हो । औद्योगिक ग्रामको शिलान्यास गर्दै संघीय सांसद राईले देशलाई आर्थिक रूपमा सबल बनाउन कलकारखाना, उद्योगधन्दा खोल्न आवश्यक रहेको औँल्याए ।

बेरोजगार युवाहरूलाई रोजगार दिन संघ, प्रदेश र स्थानीय सरकारले नीति बनाएर हरेक स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गरिरहेको बताए । सोही अभियानअन्तर्गत पाख्रीवास नगरपालिकामा पनि औद्योगिक ग्राम निर्माण गर्न लागिएको उनले बताए । पाख्रीवास नगरपालिकामा औद्योगिक ग्राम स्थापना भएपछि यहाँका स्थानीय मजदुर, किसान तथा श्रमिकले रोजगारी पाउने सांसद राईले दाबी गरे ।

पाख्रीवास नगरपालिकाका प्रमुख वृषबहादुर राईले ५४ करोड रुपैयाँ लागतमा बन्न लागेको औद्योगिक ग्राम निर्माणका लागि पहिलो चरणमा १ करोड रुपैयाँबराबरको टेन्डर खुलेको जानकारी गराउँदै यसबाट भवन, बाटो निर्माणको काम गरिने बताए । औद्योगिक ग्रामको डिपिआर तयार भइसकेको र चालू आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य गरिने प्रमुख राईले जानकारी दिए ।  

औद्योगिक ग्राममा स्थानीयस्तरमा प्राप्त हुने स्रोतसाधन, कच्चा पदार्थ प्रविधि र सीपको परिचालन गरी रोजगार सिर्जना गर्दै स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ ।