१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ बैशाख २२ बुधबार १३:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना संक्रमण बढेपछि मनाङबाट १९ जना विदेशी पर्यटक स्वदेश फर्किए

Read Time : < 1 मिनेट
२०७८ बैशाख २२ बुधबार १३:३८:००

अन्नपूर्ण पदमार्गको यात्रामा आएका विदेशी पर्यटकहरू कोरोनाको संक्रमण बढेपछि  स्वदेश फर्किएका छन् । गोरखाको मनासलु पदमार्गबाट मनाङको नासों गाउँपालिका– ४ को धारपानी हुँदै निस्केका १९ जना विदेशी पर्यटक मंगलबार स्वदेश फर्किएका हुन् । 

स्वदेश फर्किएका १९ जना पर्यटक रसियन नागरिक भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) धारापानी चेकपोस्ट मनाङले जनाएको छ । नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै नेपाल आएर मनाङ घुम्न चाहने पर्यटकका लागि घुम्न अनुमति दिएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका कार्यालय प्रमुख लेखनाथ गौतमले बताए । 

अन्नपूर्ण पदमार्गमा अप्रिल महिनामा ३ सय ६६ जना पर्यटक मनाङ पुगेका थिए भने मे ४ मंगलबारसम्म २३ जना पर्यटक अन्नपूर्ण पदमार्गमा घुम्न आएको एक्यापको तथ्यांकमा उल्लेख छ । 

पदमार्गमा घुम्न आएकामध्ये सार्क राष्ट्रका २० जना र बाँकी तीन सय ४६ अन्य मुलुकका नागरिक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङले बताए । मनाङमा रहेका झरना, स्याउबारी, हिमताल र नजिकै रहेका हिमशृंखलाले पर्यटकको मन लोभ्याउने गर्छ । मनाङमा यातायातको सहज भएसँगै अहिले मनाङ सदरमुकाम चामेदेखि पिसाङ, मनाङ, उपल्लो मनाङ हुँदै बेसक्याप, तिलिचो र थोराङ्ला भञ्ज्याङसम्म पर्यटक पुग्ने गरेका छन् ।