१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार १३:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विज्ञापनको क्षेत्रमा देखापरेका विकृति र विस‌ंगतिहरूको अन्त्य गर्छु : लक्ष्मण हुमागाईं

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:२३:oo

विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापनको क्षेत्रमा देखापरेका विकृति र विसंगतिहरूको अन्त्य गर्ने बताएका छन् । 

मंगलबार बबरमहलस्थित विज्ञापन बोर्डको कार्यालयमा आफ्नो कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाईंले विज्ञापनको क्षेत्रमा देखापरेका विकृति र विसंगतिहरूको अन्त्य गरिने बताएका हुन् ।

बोर्डको प्रमुख उद्देश्य विज्ञापन बजारको विस्तार गर्ने, विज्ञापनरहित नीतिको कार्यान्वयन र अवैध रूपमा विज्ञापन भइरहेका क्षेत्रहरूमा नियमन र नियन्त्रण गर्ने रहेको बताए ।  सरोकारवालाहरूसँग छलफल गर्दै नीति निर्धारण गर्ने र व्यवस्थित रूपमा सञ्चालन गर्ने उनको भनाइ छ । बोर्डले सरकारी विज्ञापनको व्यवस्थापनका साथै महत्वपूर्ण मिडिया क्याम्पियनहरू सञ्चालन गर्ने पनि बताए । 

अध्यक्ष हुमागाईंले लोककल्याणकारी विज्ञापनलाई बोर्डले व्यवस्थित बनाउने बताए ।  केन्द्र, प्रदेश तथा स्थानीयस्तरको विज्ञापनको काम व्यवस्थित र संवेदनशील भएर सञ्चालन गर्ने पनि बताए । 

ad
ad