मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मानसिंह बडुवाल
२०७७ चैत १३ शुक्रबार १०:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कर्णालीमा सामूहिक आत्महत्या प्रकरण : दुरुत्साहन मुद्दामा सुकीका श्रीमान् मानसिंह पक्राउ

Read Time : < 1 मिनेट
२०७७ चैत १३ शुक्रबार १०:०३:००

गत २३ फागुनमा कर्णाली नदीमा भएको सामूहिक आत्महत्या प्रकरणमा मानसिंह बडुवाल पक्राउ परेका छन् । उनीमाथि श्रीमतीसहित चार सन्तानलाई आत्महत्या दुरुत्साहनको अभियोग लागेको छ ।

४ चैतमा मानसिंहविरुद्ध सुकीका भाइ बजिरबहादुर थापाले प्रहरीमा ज्यानसम्बन्धी कसुर (आत्महत्या दुरुत्साहन)सम्बन्धी जाहेरी दिएका थिए । ६ चैतमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए । दैलेखको आठबिस नगरपालिका–३ निलाइमकी ३५ वर्षीया सुकी बडुवाल चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेकी थिइन् । 

सो घटनामा सुकीका श्रीमान् मानसिंह मुख्य दोषी भएको भन्दै किटानी जाहेरी परेपछि आत्महत्या दुरुत्साहन मुद्दा अभियोगमा पक्राउ गरी छानबिन थालेको प्रहरीले जनाएको छ । कर्णालीमा सुकीसहित आठ वर्षीय छोरा ललित, १५ वर्षीया छोरी कल्पना, १२ वर्षीया छोरी सरिता र पाँच वर्षीया छोरी रजनी बडुवालको शव फेला परेको थियो ।