मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १६ बिहीबार
  • Thursday, 02 December, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २२ शनिबार १६:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २२ शनिबार १६:०४:००

नेकपा ओली समूहको संसदीय दलको बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सुरु भएको छ । प्रतिनिधिसभा बैठकको रणनीति तय गर्न ओली समूहले बैठक राखेको हो । 

ओली समूहले बैठकमा सहभागी हुन प्रचण्ड–माधव समूहका सांसद र एकता अभियान सञ्चालन गरिरहेका वामदेव गौतमलाई पनि निम्तो दिएको छ । 

यसअघि शुक्रबार नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक बसेको थियो । बैठकमा १११ (बहुमत) सांसद उपस्थित भएका थिए । बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको छ ।

गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधिसभा भंग गर्ने निर्णय असंवैधानिक भन्दै सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएको छ ।