मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण २२ शनिबार
  • Saturday, 12 July, 2025
रासस/सिन्ह्वा कायरो
२o७७ फाल्गुण २२ शनिबार १४:o३:oo
Read Time : < 1 मिनेट
विश्व

चीनद्वारा अरब लिगलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा कायरो
नयाँ पत्रिका कायरो
२o७७ फाल्गुण २२ शनिबार १४:o३:oo

चीनले अरब लिगलाई कोभिड–१९ का विरुद्धको खोप उपलब्ध गराएको जनाइएको छ ।  चीन सरकारले बिहीबार अरब लिगलाई सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोप   लिगको सचिवालयमा उपलब्ध गराएको हो ।

इजिप्टको कायरोस्थित अरब लिगको सचिवालयमा लगेर इजिप्टका लागि चिनियाँ राजदूतले सो खोप उपलब्ध गराएको प्राप्त समाचारमा जनाएको छ । इजिप्टका लागि चिनियाँ राजदूत लियो लिकियाङले सो कुराको जानकारी गराएका हुन् । 

त्यस अवसरमा उनले खोप उपलब्ध गराएसँगै यसबाट चीन र अरेबियाली देशहरूका बीचको सम्बन्धमा नयाँ आयाम थपिने पनि उल्लेख गरे । उनले यो अवस्थाले चीन र अरब विश्वको सम्बन्ध आगामी दिनमा थप बलियो बन्दै जाने धारणा राखे । उनले बहिरी विश्वमा जे जस्तोसुकै राजनीतिक अवस्था भए पनि चीन र अरब विश्वका देशहरुबीचको सम्बन्ध राम्रो रहेको धारणा उनले राखे । 

चीनले यसअघि पनि अरबका विभिन्न देशलाई सिनोफार्म कम्पनीको खोप उपलब्ध गराएको थियो । चीनले यसअघि पनि कोभिडको संक्रमणको शुरुआतका समयमा पनि कतिपय अरब देशलाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो ।