मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७७ फाल्गुण १५ शनिबार १८:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी प्रवृत्ति धुँदाधुँदै बागमती सुक्ने स्थिति आयो, तर दाग मेट्न सकिएन : युवराज ज्ञवाली

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १५ शनिबार १८:३६:००

नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री युवराज ज्ञवालीले केपी प्रवृत्ति  धुँदाधुँदै बागमती सुक्ने स्थिति आए पनि दाग मेट्न नसकिएको बताएका छन् । उनले छापामार शैलीमा संसद् विघटन गरेर पार्टी र देशको व्यवस्थामाथि ओलीले प्रहार गरेको जिकिर गरे । 

नेकपा प्रचण्ड–माधव समूहको जिल्लास्तरीय भेलालाई गुल्मीमा सम्बोधन गर्दै ज्ञवालीले जनताको बहुदलीय जनवाद भनेर केपी गुटले भ्रम छर्दै आएको पनि बताए । 

पहिले प्रचण्डसँग मन मिल्दा दुवैले समाजवाद भन्ने, तर अहिले आफ्नो स्वार्थ पूरा नभएपछि भ्रम छर्ने काम ओलीले गरेको ज्ञवालीको आरोप छ । बहुमतको जनमत भत्काएर चुनाव घोषणा गरेका ओलीले चुनावको मिति नआउँदै पराजय व्यहोर्नु परेको बताए । उनले व्यवस्थामाथि अपराध गर्ने ओलीको नेतृत्वमा पुनः एकताको सम्भावना नरहेकोसमेत बताए । 

ओलीले बालकोटमा आराम गर्नुको विकल्प नभएको बताउँदै ज्ञवालीले देश र लोकतन्त्र पक्षधरले वेलैमा सोच्नुपर्नेमा जोड दिए ।