मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण १३ बिहीबार
  • Saturday, 12 July, 2025
२o७७ फाल्गुण १३ बिहीबार १९:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपेन्द्र यादवको प्रश्न– संविधान उल्लंघन गरेबापत प्रधानमन्त्रीले कारबाही भोग्नुपर्दैन ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण १३ बिहीबार १९:२७:oo

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधान उल्लंघन गरेकोमा प्रधानमन्त्री केपी ओलीलाई कारबाही हुनुपर्ने बताएका छन् । बिहीबार इलाम सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै यादवले भने, ‘सामान्य व्यक्तिले कानुन उल्लंघन गर्दा गिरफ्तार हुन्छ, जेल जानुपर्छ, संविधान उल्लंघन गर्दा प्रधानमन्त्रीले कारबाही भोग्नुपर्छ कि पर्दैन ?’

सर्वोच्च अदालतले प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको प्रमाणित गरेपछि एक सेकेन्ड पनि पदमा बस्न नपाउने यादवको दाबी छ । उनले अझै पनि केपी ओली नै प्रधानमन्त्री रहिरहे देश बर्बाद हुने र जनताले दुःख पाउने बताए । 

यादवले प्रधानमन्त्री ओली संघीयता र लोकतन्त्र समाप्त गर्ने बाटोमा लागेको भन्दै त्यही महत्वाकांक्षाको परिणाम प्रतिनिधिसभा विघटन भएको जिकिर गरे । ‘प्रधानमन्त्री ओलीले संघीयता र समावेशी भत्काउन थाल्नुभएको छ,’ उनले भने, ‘संविधान निस्तेज पारेर निरंकुश बन्ने बाटोमा लाग्नुभएको छ ।’

मुलुक सञ्चालनका लागि कम्युनिस्ट पार्टी नै असफल भएको भन्दै यादवले प्रधानमन्त्रीले भनेजस्तो संसद्ले प्रधानमन्त्रीलाई कहिल्यै असहयोग नगरेको बताए । 

यादवले प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि शिथिल भएको आरोप लगाए । ‘कांग्रेसको मुख्य नेतृत्व केपी ओलीको अघि लाचार भयो,’ उनले भने, ‘उहाँहरू एक–दुईवटा संवैधानिक नियुक्ति एक–दुईवटा राजदूत नियुक्तिका लागि लालायित हुनुभएको छ ।’ 

यादवले जसपा अहिलेको तेस्रो वैकल्पिक धार भएको जिकिर गरे । यादवले पहिचान र सामथ्र्यको आधारमा प्रदेशको पुनर्संरचना गर्नुपर्नेमा जोड दिए ।