१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १० सोमबार
  • Wednesday, 02 July, 2025
विदुर पौडेल सिन्धुली
२o७७ फाल्गुण १० सोमबार o९:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अज्ञात समूहद्वारा आमाछोरीमाथि धारिलो हतियार प्रहार

Read Time : < 1 मिनेट
विदुर पौडेल, सिन्धुली
नयाँ पत्रिका
२o७७ फाल्गुण १० सोमबार o९:२९:oo

सिन्धुलीको कमलामाई नगरपालिका– १० दोभानमा आमाछोरीमाथि धारिलो हतियार प्रहार भएको छ ।  दोभानकी ५५ वर्षीया हरिमाया घिमिरे र उनकी २६ वर्षीया छोरी दुर्गामायामाथि गएराति १२ बजे  सुतिरहेको अवस्थामा  धारिलो हतियार प्रहार भएको हो ।  

हतियार प्रहारबाट आमाछोरी घाइते भएका छन् । उनीहरूकाे टाउकोमा गम्भीर चोट लागेको स्थानीयले बताए । घाइते दुवैलाई उपचारका लागि धनुषाको जनकपुर अस्पताल लगिएको छ । घटनामा संलग्न भएको भन्दै  धनुषा  बट्टेश्वरका  प्रमोदकुमार सिंह महतोलाई प्रहरीले पक्राउ गरेको छ ।