१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २४ सोमबार o९:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शौच गर्न निस्किएकी बालिकालाई अपहरण गरेर बलात्कार गर्ने दुई युवा पक्राउ परेनन् 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:३२:oo

शौच गर्न घरबाहिर निस्किएकी १४ वर्षीया बालिकालाई मुख थुनेर अपहरण गरी सामूहिक बलात्कार गर्ने दुईजना युवालाई प्रहरीले पक्राउ गर्न सकेको छैन । 

मोरङको जहदा गाउँपालिका– १ राजवंशी टोलकी एक १४ वर्षीया बालिकालाई २६ माघ  साँझ शौच गर्न घरबाहिर निस्किएको वेला  मुख थुनेर अपहरण गरी बलात्कार गर्ने सोही ठाउँका २२ वर्षीय दीपेशकुमार यादव र २१ वर्षीय अजय बैठालाई प्रहरीले अझै पक्राउ गर्न नसकेको हो । 

साँझ साढे नाै बजे पिसाब गर्न घरअगाडिको नालामा निस्किएकी १४ वर्षीया बालिकालाई उनीहरूले मुख थुनेर अपहरण गरी मोटरसाइकलमा राखेर सीमा क्षेत्र भेडियारीमा रहेको मकैबारीमा लगेर ज्यान मार्ने धम्की दिँदै दुई घन्टा सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि पेट्रोल सकिएकोले मोटरसाइकल छिमेकीको घरमा राखेर फरार भएका  थिए । बलात्कारमा परेकी बालिका दुई घन्टापछि राति विक्षिप्त अवस्थामा फेला परेकी थिइन् । 

इलाका प्रहरी रानीका इन्स्पेक्टर राजेश थापाले फरार युवाहरूको खोजी भइरहेको बताए । उनले भने, ‘स्थानीयले राति नै प्रहरीलाई खबर गरेको भए उनीहरू भाग्न पाउँदैनथे ।’ उनीहरू  भागेर भारततर्फ गएको प्रहरीको दाबी छ । किशोरी अपहरणमा परेपछि आफन्त र गाउँलेहरूले आफैँ रातभरि खोजी गरे पनि प्रहरीलाई बिहान मात्र खबर गरेका थिए ।  

ad
ad