१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ माघ २१ बुधबार १०:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई वर्षीय बालकको अपहरण 

Read Time : < 1 मिनेट
२०७७ माघ २१ बुधबार १०:५२:००

सिराहामा दुई वर्षीय बालकको अपहरण भएको छ । सिराहा नगरपालिका– १ का प्रदीप यादवको दुई वर्षीय छोरा इशान्त यादवको मंगलबार साँझ साढे ७ बजे अपहरण भएको छ । घरको आँगनमा खेलिरहेको बच्चा एक्कासि हराएपछि अपरहण भएको परिवारले आशंका गरेका छन् । 

बच्चाकी आमा संगीता यादवले भनिन्, ‘बच्चा बरन्डामा खेलिरहेको थियो, म खाना बनाउन लागेकी थिएँ । खेलिरहेको ठाउँमा बच्चा नभएपछि सबैतिर खोजी गरियो, तर कहीँ भेटिएन । पक्कै कसैले अपहरण गर्‍यो ।’

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी शालिग्राम शर्माले बच्चा हराएको जानकारी पाएसँगै खोजीकार्य तीव्र पारिएको बताए । सीमाक्षेत्रका गाउँ र त्यस वरपर खोजीकार्य भइरहेको प्रवक्ता शर्माले बताए ।