१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

अपराधको ट्रान्जिट काठमाडौं : अपहरणमा परेका ६ श्रीलंकनको उद्धार, मानव तस्करीमा संलग्न चार पाकिस्तानी पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:३२:oo

तीन महिनाअघि १३ जना भारतीयलाई भारतीयले नै अमेरिका लैजाने भन्दै नेपाल ल्याएर अपहरण गरेका थिए । विगतमा पाकिस्तानी नागरिकलाई समेत यसैगरी युरोप, अमेरिका जाने सपनामा नेपाल ल्याई अपहरण गर्ने गरिएको थियो । 

मानव तस्करीमा संलग्न पाकिस्तानी र श्रीलंकन गिरोहले काठमाडौंलाई अपराधको ट्रान्जिट बनाएका छन् । क्यानडा जाने सपनामा नेपाल आएका ६ जना श्रीलंकन नागरिक यही गिरोहका सदस्यबाट काठमाडौंमा अपहरणमा परेका छन् । 

मानव तस्करीमा संलग्न पाकिस्तानी र श्रीलंकन गिरोहले उनीहरूलाई बन्धक बनाएर फिरौती पनि असुलेको छ । गिरोहका सदस्यहरूले नयाँ बसपार्कको राजारानी होटेलमा चारजना तथा ठमेलको थ्री सिस्टर होटेलमा दुई श्रीलंकनलाई बन्धक बनाएका थिए । 

प्रहरीले अपहरणमा परेकाको बिहीबार उद्धार गरी चारजना पाकिस्तानीलाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाकिस्तानी नागरिकहरू जुबेर अहमद, साहेद तनभिर, मलिक अब्दुल हमिद र अरिफ मासीलाई पक्राउ गरेको हो । 

यसमा श्रीलंकन नागरिकसमेत संलग्न रहेको र उनी भने यसअघि नै श्रीलंका गइसकेको अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेले बताए । उनीहरूलाई क्यानडा पठाउने भन्दै सुरुमा श्रीलंकन एजेन्टले नै नेपाल ल्याएका थिए । 

क्यानडाको नक्कली भिसासमेत देखाइएको थियो । पछि क्यानडा जान थप पैसा चाहिने भन्दै बन्धक बनाएर फिरौती मागिएको थियो । प्रहरीले सूचना पाएपछि होटेलमा छापा हानी उनीहरूलाई पक्राउ गरेको हो । मानव तस्करीमा संलग्न श्रीलंकन र पाकिस्तानी समूह मिलेर काठमाडौंमा यसरी अपहरण भएको हो । 

पक्राउ परेका पाकिस्तानीमध्ये एकजना अवैध रूपमा बस्दै आएको खुलेको छ । उनीहरू लामो समयदेखि नेपालमा बस्दै आएको र अन्य श्रीलंकनलाई पनि विगतमा यसैगरी बन्धक बनाएर असुलेको प्रहरी अधिकारी बताउँछन् । 

क्यानडा तथा युरोपियन देश पठाउने भन्दै पाकिस्तानी, श्रीलंकन, बंगलादेशी तथा भारतीय नागरिकलाई नेपाल ल्याएर अपहरण गर्ने प्रवृत्ति बढेको छ । दुई साताअघि मात्र बंगलादेशी गिरोहले बंगलादेशकै नागरिकलाई यसरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । 

तीन महिनाअघि १३ जना भारतीयलाई भारतीयले नै अमेरिका लैजाने भन्दै नेपाल ल्याएर अपहरण गरेका थिए । विगतमा पाकिस्तानी नागरिकलाई समेत यसैगरी युरोप, अमेरिका जाने सपनामा नेपाल ल्याई अपहरण गर्ने गरिएको थियो । 

विदेशी नागरिकमाथि अनुगमनको संयन्त्र कमजोर हुँदा यसरी विदेशीहरू नेपाललाई ट्रान्जिट बनाई मानव तस्करी र अपहरणजस्ता अपराधमा सक्रिय भएको प्रहरी अधिकारी बताउँछन् ।
 

ad
ad