१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १o:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

अपहरण गरी चेकमार्फत फिरौती असुली, चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:४६:oo

काठमाडौंमा एक युवकको अपहरण गरी १३ लाख २० हजार फिरौती असुल गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अपहरणमा संलग्न माकलबारीका ४२ वर्षीय तेजमान तामाङ र २६ वर्षीय सौगात तामाङ, थलीका ३२ वर्षीय कर्मा छेवाङ थिङ र ३८ वर्षीय सम्राट भन्ने बीरे तामाङलाई पक्राउ गरेको हो ।

उनीहरूले रसुवाका हिस्सीथाया तामाङलाई १० मंसिरमा चाबहिलबाट अपहरण गरी ट्याक्सीमा राखी गागलफेदीको होटेलमा राखेर बन्धक बनाएका थिए । तामाङसँग चेक लिएर भोलिपल्ट बैंकमा गई पैसा साटेपछि उनलाई मुक्त गरेका थिए । घटना एक महिनाअघिको भए पनि निरन्तर अनुसन्धान गरी हाल पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए । 

अपहरणका योजनाकार भने पीडितकै गाउँका भएको खुलेको छ । उनीहरू फरार छन् । हिस्सीथाया रसुवाको एक जलविद्युत् आयोजनामा काम गर्थे । गाउँकै एक व्यक्तिसँग विवाद भएपछि उनले नै अपहरणको योजना बनाएर सूचना दिएका थिए । योजनाकार पक्राउ नपरेकाले कारण खुल्न सकेको छैन । 

ad
ad