१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १८:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:२o:oo

सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

निर्माण ब्यानर लामा सिनेमा प्रालिले शुक्रबार फिल्मको फर्स्टलुकसहित थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तोकेको छ। फिल्म आगामी असार १४ बाट सार्वजनिक प्रदर्शनमा आउने बताइएको छ।

जौन योञ्जनको निर्देशनमा तयार भएको फिल्मको सार्वजनिक पोस्टरमा प्रायः सबैजसो प्रमुख कलाकारहरूलाई स्थान दिइएको छ भने अर्को थिम पोस्टरमा फोहोरको थुप्रोमाथि सूर्यमुखी फूल अंकित छ।

फिल्मको पोस्टर ट्राइडेन्ट कन्सेप्टको तर्फबाट रोयल भीमसेनले तयार पारेका हुन्। आरआर फिल्मसले यो फिल्मको प्रदर्शन तथा वितरण अधिकार लिएको छ।

निर्देशक योञ्जनकै कथा, पटकथा रहेको फिल्ममा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, रेनुका कार्की, अभयराज बराल मुख्य अभिनयमा छन्। बाल कलाकारको भूमिकामा प्रसन राई छन्।

स्मिता लामिछाने निर्माता रहँदा कृष्ण भण्डारी र निर्देशक योञ्जनले फिल्मको सम्पादन गरेका छन्। आलोक शुक्लाको छायांकन रहेको फिल्ममा संगीत दीपक आरजेको छ भने द्वन्द्व निर्देशकमा रेवन्तविक्रम थापा छन्। ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो फिल्म तयार भएको हो।

ad
ad