१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दाङमा दुई सय परीक्षार्थीको मोबाइल प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १८:५६:oo

दाङमा दुई सय परीक्षार्थीको साथबाट प्रहरीले मोबाइल फोन नियन्त्रणमा लिएको छ। आजदेखि सुरु कक्षा १२ को परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका परीक्षार्थीहरूबाट उक्त संख्यामा मोबाइल नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार महेन्द्र मावि तुलसीपुरबाट एक सय ४८ र हिमाल एकेडेमीबाट २१ वटा मोबाइल नियन्त्रणमा लिइएको छ।

यसैगरी, गढवाबाट २३ र घोराहीबाट ६ वटा मोबाइलसमेत जफत गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

परीक्षा दिइरहेकै अवस्थामा मोबाइल भेटिएकाले नियन्त्रणमा लिइएको उनको भनाइ छ। केसीका अनुसार ती मोबाइलहरू परीक्षा सकिएपछि मात्रै विद्यार्थीहरूलाई फिर्ता गरिनेछ।

ad
ad