१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रासस सियोल
२o८१ जेठ २ बुधबार १४:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

शिखर वार्ताका लागि कोरियाली नेता किमलाई जापानी प्रधानमन्त्रीको आग्रह

Read Time : > 1 मिनेट
रासस, सियोल
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:२२:oo

जापानका प्रधानमन्त्री फुमियो किसिदाले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ताका लागि आग्रह गरेका छन्। उत्तर कोरियाली नेता किमकी बहिनीले जापानी प्रधानमन्त्री किसिदाले आफ्ना भाइसँग शिखर वार्ता गर्न अनुरोध गरेको सोमबार पुष्टि गरेकी हुन्।

लामो समयदेखि चलिरहेको अपहरण विवाद र उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमसहित दुई देशबीचको सम्बन्ध ऐतिहासिक रूपमा तनावपूर्ण छ। तर, किसिदाले हालै सम्बन्ध सुधार गर्ने इच्छा व्यक्त गरेका हुन्। प्योङयाङले जापानी प्रधानमन्त्री किसिदाको आग्रहबारे कुनै औपचारिक प्रतिक्रिया दिइनसकेको जनाएको छ।

गत वर्ष किसिदाले उत्तर कोरियाली समूहले सन् १९७० र १९८० को दशकमा जापानी नागरिकको अपहरण गरेको घटनालगायत सबै समस्या समाधान गर्न टोकियो इच्छुक रहेको भन्दै आफू बिनासर्त किमसँग भेट्न तयार रहेको बताएका थिए।

उत्तर कोरियाली समाचार संस्था केसिएनएले उत्तर कोरियाली नेता किम यो जोङले जारी गरेको विज्ञप्तिलाई उद्धृत गरी लेखेको छ, ‘प्रधानमन्त्री किसिदाले उत्तर कोरियाली नेता किमसँग जतिसक्दो चाँडो व्यक्तिगत रूपमा भेट्ने आफ्नो इच्छा व्यक्त गर्नुभएको छ।’

उत्तर कोरियाली नेता किम यो जोङले गत महिना जापानी नेतालाई उत्तर कोरिया भ्रमणका लागि प्योङयाङले निमन्त्रणा दिन सक्ने संकेत गरेका थिए। उनले भनिन्, ‘टोकियोको तर्फबाट ठोस नीतिगत परिवर्तनबिना, गलत बुझाइ र अविश्वासले भरिएको द्विपक्षीय सम्बन्ध सुधार गर्न असम्भव रहेको उत्तर कोरिया–जापान सम्बन्धको इतिहासले पाठ सिकाएको छ।’ 

उनले जापान अपहरणको मुद्दामा तल्लीन रहने हो भने किसिदाको सम्बन्ध सुधार्ने आशा पूरा नहुने बताइन्। किसिदाले केसिएनएको प्रतिवेदनबारे आफूलाई कुनै जानकारी नभएको र त्यसको विषयवस्तुबारे प्रत्यक्ष टिप्पणी नगर्ने बताएका छन्। तर, उत्तर कोरियासँगको उच्चस्तरीय वार्तालाई उनले ‘महत्वपूर्ण’ भनेका थिए।

सन् १९७० र १९८० को दशकमा भएका अपहरणका घटनालाई संकेत गर्दै किसिदाले संसदमा भने, ‘जापान–उत्तर कोरिया सम्बन्धका लागि अपहरणको मुद्दाजस्ता समस्या समाधानका लागि उच्चस्तरीय वार्ता महत्वपूर्ण छ। यही कारण हामीले उत्तर कोरियासँग प्रत्यक्ष रूपमा पदीय हैसियतअनुसार विभिन्न दृष्टिकोणहरू बनाइरहेका छौँ र यसबारे मैले विगतमा विषयहरूलाई राखिसकेको छु।’

उत्तर कोरियाले सन् १९७० र ८० को दशकमा १३ जना जापानी नागरिकलाई अपहरण गर्न समूहहरू पठाएको प्योङयाङले सन् २००२ मा स्विकारेको थियो। जापानमा अपहरणका ती घटनाहरूलाई शक्तिशाली र भावनात्मक मुद्दाको रूपमा हेरिन्छ।

आधिकारिक रूपमा पहिचान गरिएभन्दा धेरै अपहरण गरिएको हो कि भन्ने शंका कायमै छ। विश्लेषकहरूले लामो समयदेखि यस विषयमा विवादले किसिदा र किम जोङ उनबीचको शिखर वार्ताको प्रगतिमा बाधा पुग्न सक्ने बताउँदै आएका छन्।

सियोलस्थित ‘कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसन’का वरिष्ठ विश्लेषक होङ मिनले एएफपीसँग भने, ‘उत्तर कोरियाको यो भनाइ प्योङयाङले दुई देशका नेताबीच भविष्यमा हुने कुनै पनि शिखर सम्मेलनका लागि वार्ता गर्ने प्रयास गरेजस्तो देखिन्छ।’

उनले थपे, ‘यो प्योङयाङको वार्ता गर्नका लागि शिखर सम्मेलन पूर्वसर्तहरू निर्धारण गर्न जापान कत्तिको गम्भीर छ भनेर परीक्षण गर्ने तरिका हो।’ 

ad
ad