१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नवदीप अजनवी नुवाकाेट
२o८१ बैशाख २५ मंगलबार ११:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नुवाकोटमा ओली समूह र प्रचण्ड–नेपाल समूहबीच झडप, तीनजना  घाइते

Read Time : < 1 मिनेट
नवदीप अजनवी, नुवाकाेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार ११:४२:oo

नुवाकोटमा नेकपा ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहबीच झडप भएको छ । झडपमा प्रचण्ड–नेपाल समूहका तीनजना कार्यकर्ता सामान्य घाइते भएका छन् ।

ओली समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न  उपप्रधानमन्त्री ईश्वर पोखरेल र ऊर्जामन्त्री टोपबहादुर रायमाझी नुवाकोट पुगेका थिए ।  

केहीबेर अघि प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले बट्टार क्याम्पसअगाडि कालोझन्डा देखाई उपप्रधानमन्त्री चढेको गाडीमा ढुंगामुडा गरेपछि  दुवै पक्षबीच झडप भएको थियो । आन्दोलनकारीले सडकमा टायर बालेर केपी ओली मुर्दावादका नारा लगाएका थिए । 

 ढुंगामुडापछि पोखरेलको गाडीमा सामान्य क्षति पुगेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका स्वकीयसचिव मीनबहादुर सिंह चढेर आएको नेपाल आयल निगमको गाडीको पछाडिको भागमा भने पूर्ण क्षति पुगेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।  

 

ad
ad